PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

१७ महिनापछि भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच कजाकिस्तानमा भेट



रासस

१७ महिनापछि भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच कजाकिस्तानमा भेट
फोटो श्रोतःtribune.com.pk

नयाँदिल्लीः भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच १७ महिनापछि कजाकिस्तानमा भेट भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्तानमा भेट भएको हो।

 कजाकिस्तानमा जारी साङ्घाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ गएका बेला उनीहरुबीच भेट भएको हो। 

उनीहरुबीच यसअघि सन् २०१५ को डिसेम्बरमा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो। 

भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले भने उनीहरुबीच वार्ता भने नभएको र सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन्। 

सन् २०१६ को जनवरीमा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतङ्ककारी हमलापछि यी दुई देशबीचमा विवाद उत्पन्न हुँदै आएको छ। 

हमलामा पाकिस्तान संरक्षित आतङ्ककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ भने पाकिस्तानले भने यसको खण्डन गरेको छ।
रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell