
आफ्ना अन्य समकक्षीभन्दा फरक व्यवहारका शाहरुख खान अवार्ड समारोहहरुमा सधैं देखिन्छन्। एउटा त्यस्तै चर्चित र महत्वपूर्ण समारोह आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड)मा भने शाहरुख नदेखिने भएका छन्।
भारतभन्दा बाहिर हुने सबैभन्दा ठूलो बलिउडको समारोहमा उनी नहुनुलाई धेरैले चासो दिने विषय बन्यो। आखिर किन उनी यस्तो समारोह मिस गर्दैछन् त? कसैसँगको तनाव वा विवाद उनको अनुपस्थितिसँग जोडिएको भने छैन।
उनी उपस्थित हुन नसक्नुको पहिलो कारण हो आगामी फिल्म 'जव ह्यारी मिट सेजल'को प्रवर्द्धन जसमा उनी तल्लिन छन्। फिल्म अगस्टमा रिलिज हुने सेड्युल छ। त्यसबाहेक उनका छोरा आर्यन खानलाई लागेको चोटका कारण पनि उनी आइफामा पुग्ने छैनन्। सन्तानको मायाले उनलाई खिच्नु स्वभाविक पनि हो किनभने बलिउडमा उनलाई जिम्मेबार अभिभावकका रुपमा चिनिन्छ।
ह्यारी मिट सेजल इम्ताज अलीको फिल्म हो जसमा शाहरुखसँगै अनुश्का शर्मा देखिनेछिन्।