काठमाडौं : वैशाख १२, २०७२। मध्याह्न १२ बज्नु चार मिनेट अगाडि गोरखा केन्द्र भएको भूकम्पले काठमाडौँको केन्द्रमा रहेको नौ तल्ले धरहरालाई एक तल्ला पनि बाँकी नरहने गरी ढाल्यो।
'अहो, धरहरा नै भत्कियो !' जनधनको क्षतिभन्दा धरहरा भत्किएको खबर र फोटो सबैभन्दा छिटो फैलियो।
स्वदेशी तथा विदेशी मिडियाले नेपालको भूकम्पको त्रासद बयान गर्न ‘आइकन’का रुपमा यही ठूटो धरहरालाई देखाइरह्यो, धेरै पछिसम्म।
कयौँ दिनसम्म धरहराको भग्नावशेष त्यहीँ वरपर नै अलपत्र रह्यो।
लगत्तै मिडियामा धरहराका इँटा चोर्ने क्रम बढेको समाचार आए। त्यसपछि भग्नावशेषलाई त्यहाँबाट उठाएर टुँडिखेलको दक्षिणी भागमा राखियो। सुरुमा त्यहाँ काँडेतारले घेरेर सुरक्षाकर्मीले पहरासमेत दिने गरेका थिए।

दुई वर्षपछि अहिले त्यो ठाउँ अलपत्र छ। धरहराको भग्नावशेषको थुप्रोमा अहिले झारहरु पलाएका कारण सानोतिनो ‘जंगलै’ जस्तो देखिन थालिसक्यो।

ऐतिहासिक इँटा सुरक्षाको लागि लगाइएको काँडेतार चुँडालिएको मात्र छैन, भग्नावशेषको थुप्रोबाट विभिन्न बाटाहरु बनाइएका छन्। अहिले त्यहाँ कसैले सुरक्षासमेत दिने गरेको छैन।
वरपर हिँड्ने, खेल्ने, पर्व मनाउनेहरुलार्इ अपर्झट दिसापिसाब लागिहाल्यो भने पेट सफा गर्ने उपयुक्त ठाउँ पनि यही बनेको छ।

विक्रम संवत् १८८२ मा भिमसेन थापाले बनाउन लगाएको ऐतिहासिक धरहराका इँटाहरुसहितको भग्नावशेष त्यही ठाउँमा थुपारिएको २ वर्ष बितिसक्दा पनि न कुनै काममा प्रयोग गर्न सकेको छ, न त सुरक्षा नै दिन सकेको छ। किन?
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार धरहराका इँटाहरु ऐतिहासिक महत्वका छन्। त्यसैले त्यसको संरक्षण र प्रयोग गर्न आवश्यक छ।
उनी भन्छन्, ‘अब केही समयमै काठमाडौं महानगरका नयाँ मेयरसँग छलफल गरेर ऐतिहासिक इँटाहरुलार्इ कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गर्ने योजना छ।’
लगभग २ सताब्दी पहिले मुगलशैलीमा निर्माण गरिएको धरहरामा इँटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) प्रयोग गरिएको थियो।
दुई शताब्दी पहिलेको इँटा टुँडिखेलमा थुपारिएको दुई वर्ष बितिसक्दा पनि यसको पूर्णरुपमा जाँच नभएको महानिर्देशक दाहाल बताउँछन्।
.JPG)
काठमाडौं महानगरले केही समय अघि टुँडिखेलमा थुपारिएको इँटामाटोमा चासो देखायो। पुरातत्व विभागले एक सदस्य पनि महानगरलार्इ दियो। तर कुनै काम सुरु भएन।
महानगरका कार्यकारी प्रमुख ईश्वरराज पौडेल सेनाको सहयोगमा केही समयमा नै इँटामाटोलार्इ त्यहाँबाट हटाउने बताए, ‘इँटाको थुप्रोलार्इ टुँडिखेलबाट चाँडै हटाउँछौँ।‘
तर उनले त्यहाँबाट हटाएर कहाँ राख्ने त्यो चाहिँ बताएनन्।