PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

कारवाहीको माग गर्दै वीरगञ्जका पत्रकार आन्दोलित



पहिलोपोस्ट

कारवाहीको माग गर्दै वीरगञ्जका पत्रकार आन्दोलित

वीरगञ्जः नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारीलाई  दुव्र्यवहार गर्नेमाथि कार्वाहीको माग गर्दै आज वीरगञ्जका पत्रकारले विरोध प्रदर्शन गरेका छन्।

दोषीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिंदासमेत प्रहरीले चासो नदेखाएको भन्दै पत्रकारहरु प्रदर्शनमा उत्रिएका हुन्।

वीरगञ्जको घण्टाघरबाट निकालिएको विरोध र्याली माईस्थान, महावीरस्थान, आदर्शनगर, दुई नम्बर रोड हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जराले दोषीलाई पक्राउ गरी कारबाही नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिए।

गत सोमबार बेलुका उपाध्यक्ष तिवारीमाथि केही व्यक्तिले मोबिल छ्यापेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell