PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

भरतपुर–१९ मा माओवादी उम्मेदवार कांग्रेसलाई मत माग्दै, एमाले मतपत्र च्यात्नेविरुद्धको अभियानमा



रासस

भरतपुर–१९ मा माओवादी उम्मेदवार कांग्रेसलाई मत माग्दै, एमाले मतपत्र च्यात्नेविरुद्धको अभियानमा

चितवन : भतरपुर महानगरपालिका १९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले फरक शैलीमा निर्वाचन प्रचारप्रसारमा जुटेका छन्।

कांग्रेस र माओवादी संयुक्तरुपमा घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् भने एमालेले मतमत्र च्यात्नेविरुद्ध जनचेतना अभियान भन्दै घरदैलो अभियान सुरु गरेको छ।

कांग्रेस र एमाले चार स्थानमा संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन्। सो वडाका माओवादीका वडा अध्यक्ष र सदस्य पदका उम्मेदवार पनि नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन्। 

दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र अन्य पदमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन्। 

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घर÷घरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको जानकारी दिए। 

उनले भने,“हामी मतगणना हुन्छ भन्नेमानै छौ, मतदातालाई तपाईको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ।” 

एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्याएको पाइएको छ। 

जेठ १४ गते राति मतगणनाका क्रममा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो।

अहिले यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ। सर्वोच्चले त्यहाँ तत्काल निर्वाचन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell