PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कुख्यात किलर चार्ल्स शोभराज अस्पताल भर्ना, मुटुको अप्रेसन गरिने



सविन ढकाल

कुख्यात किलर चार्ल्स शोभराज अस्पताल भर्ना, मुटुको अप्रेसन गरिने

काठमाडौ : ७३ वर्षीय कुख्यात 'विकिनी किलर' चार्ल्स शोभराज बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन्। मुटुको भल्भमा समस्या भएपछि शल्यक्रियाका लागि उनलाई अस्पताल भर्ना गराइएको हो।
 
शक्रवार दिउँसो कडा सुरक्षाबीच अस्पताल पुर्‍याइएको केन्द्रीय कारागारका डिएसपी जनकबहादुर शाहीले पहिलोपोस्टलाई जानकारी दिए। सर्वोच्च अदालतले हत्यामा दोषी ठहर गरेका शोभराज १४ वर्षदेखि केन्द्रीय कारागार सुन्धाराको गोलघरमा सजाय भोगिरहेका छन्।
 
शोभराजको मुटुको भल्भ फेर्ने विषयलाई लिएर भारतीय पत्रिका दी इण्डियन एक्सप्रेसले शनिबार शल्यक्रिया हुने खुलासा गरेको थियो। त्यो खुलासामा नेपालमा मुटको भल्भ फेर्न जोखिम भएको भन्दै फ्रान्समा नै उपचार गर्न शोभराजले चाहेकोसमेत उल्लेख छ।
 
सुन्धारा कारागारमा रहेका शोभराजमा केही वर्षदेखि मुटुको समस्या देखिएको थियो। उनलाई कारगारबाटै उपचार र फलोअप हुँदै आएको थियो। 
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको हो। हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell