PahiloPost

Jun 16, 2025 | २ असार २०८२

चुडामणि शर्मा थप एक साता अख्तियारकै हिरासतमा



पहिलोपोस्ट

चुडामणि शर्मा थप एक साता अख्तियारकै हिरासतमा

काठमाडौं : विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि ६  दिनको म्याद थपेको छ।

शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो। आयोगले अदालतमा ३० दिनको म्याद थप गर्न माग गरेको थियो। आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई विशेष अदालत पुर्याएर ७ दिन म्याद थप गरिसकेको छ।  

स्रोतका अनुसार कर फर्छ्यौट आयोग मार्फत् ब्याज मिनाहा बाहेक जनताबाट उठाएको भ्याटवापतको रकम समेत ब्यापारीलाई फिर्ता दिएकोमा अख्तियारले बढी चासो राखेर बयान लिइरहेको छ। साथै आयोगको म्याद सकिएपछि पनि शर्मा सहित आयोगका अध्यक्ष एलडी महत र उमेश ढकाल बसेर कर फरफारक गरेकोमा पनि अख्तियारले ध्यान केन्द्रित गरेको छ। गत शुक्रवार पौने एक बजे शर्मालाई भष्टाचारको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell