
प्योङ्गयाङः इरानको संसद्मा गत बुधबार भएको आतङ्ककारी आक्रमणको उत्तर कोरियाले निन्दा गरेको छ।
उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले शुक्रबार इरानका राष्ट्रपति हुसेन रोहानीलाई समवेदना सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका हुन्।
किमले सन्देशमा आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका छन्।
इरानको संसद् भवन र सर्वोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा भएको आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको थियो।
आक्रमणममा कम्तीमा १७ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५२ जना घाइते भएका थिए। संसद्मा भएको आक्रमणको विश्वव्यापीरुपमा निन्दा गरिएको छ।रासस/सिन्ह्वा