PahiloPost

Jun 16, 2025 | २ असार २०८२

निर्वाचन आयोगले फेरि माग्यो दलका प्रतिनिधिको हस्ताक्षर



पहिलोपोस्ट

निर्वाचन आयोगले फेरि माग्यो दलका प्रतिनिधिको हस्ताक्षर

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐनको संशोधनपछि दलीय प्रतिनिधिको हस्ताक्षरको नमुना माग्दै पुन: सूचना जारी गरेको छ। स्थानीय तहमा भाग लिने दलको आधिकारिक उम्मेदवार पहिचानका लागि आयोगले दलका प्रतिनिधिको हस्ताक्षरको नमुना मागेको हो। 

यसअघि पहिलो चरणमा वैसाख १६ गते नै दलका प्रतिनिधिको हस्ताक्षर मागे पनि पहिलो चरणको निर्वाचनमा भाग नै नलिएका दलका लागि यो सूचना मार्फत् पुनः हस्ताक्षर मागेको हो। अन्य दलले पहिलो चरणमा नै हस्ताक्षर बुझाए पनि राजपासहित केही दलले हस्ताक्षर बुझाएका थिएनन्।

पहिलो चरणमा भाग नलिएका दलहरुलाई नै लक्षित गरेर सरकारले संसदमा स्थानीय तह निर्वाचन ऐन २०७३ लाई संशोधन गर्न विधेयक लगेको थियो। बिहीवारको संसद्बाट पारित भएको विधेयक शुक्रबार राष्ट्रपतिबाट प्रमाणित भएसँगै आयोगले आगामी २९ गतेसम्म आफ्ना उम्मेदवारको मनोनयनमा आधिकारिकता प्राप्त गर्ने पदाधिकारीको नाम र हस्ताक्षरको नुमुना बुझाउनुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell