PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

राजनीतिक संस्कार बसाल्दा निर्वाचनमा कमजोर भयौं : प्रचण्ड



रासस

राजनीतिक संस्कार बसाल्दा निर्वाचनमा कमजोर भयौं : प्रचण्ड

सोलुखुम्बुः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भएपनि देशमा राजनीतिक संस्कार बसालेको दाबी गरेका छन्। 

सोलुखुम्बुको सोताङ गाउँपालिकामा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो कार्यकालमा दैनिक १८ घण्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको दाबी गरे। 

उनले एमाले, कांग्रेस नयाँ संरचनामा निर्वाचन गराउन आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरुलाई पनि साथमा लिएर निर्वाचन गरेको र अब दोस्रो चरणको निर्वाचनमा भने पार्टीलाई बलियो बनाउन आफू मैदानमा उत्रिने बताए। 

उनले चुनावमा केही कम सिट जितेको भएपनि मुद्दामा आफूहरुकै जित भएको बताए।

उनले निर्वाचनमा माओवादी नै विजयी भएको गौरव स्वीकारेर उच्च मनोबलका साथ जनताको सेवामा खट्न कार्यकर्तालाई निर्देशन दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell