लियोनल मेसीको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिलाई पराजित गरेको छ।
शुक्रबार अष्ट्रेलियाको मेलवर्नमा भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको हो। अर्जेन्टिनालाई जिताउन गाब्रिएल मर्साडोले पहिलो हाफको अन्तिम गोल गरे।
मेसीले अर्जेन्टिनाको नेतृत्व गरेपनि बार्सिलोनाका सहकर्मी नेमार भने ब्राजिलियन टिममा थिएनन्। ब्राजिलका गाब्रिएल जेससले गोल गर्ने मौका गुमाएका थिए।
मेलवर्नमा अर्जेन्टिना र ब्राजिलको खेल हेर्न ९५ हजार भन्दा बढी दर्शक उपस्थित थिए।
जितपछि नयाँ प्रशिक्षक जोर्ज साम्पोलीले अर्जेन्टिनाको प्रशिक्षण करियरमा सुखद सुरुवात गरेका छन्।