PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु



रासस

नुवाकोट : सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर आज मृत्यु भएको छ।

दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ आज कार्यालय फर्कने क्रममा काफलडाँडामा भीरबाट लडेर ८० फिट तल पुग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell