PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लेखापाल उमेश घिमिरे अख्तियारको नियन्त्रणमा



राधेश्याम पटेल

वीरगञ्ज : जिल्ला समन्वय समिति बाराका लेखा अधिकृत उमेश घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगको टोलीले बारा प्रहरीको सहयोगमा आज दिउँसो १ बजे उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। 

‘उनीमाथि अख्तियारमा उजुरी परेको थियो, अख्तियारले पठाएको पत्रको आधारमा पक्राउ गरी हेटौडा पठाएको हौं,’ बारा प्रहरीका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले भने।

घिमिरे ८ महिना अगाडि जिल्ला हुलाका कार्यालय रौतहटबाट सरुवा भएर बारा आएका थिए। रौतहटमा कार्यरत हुँदा हुलाक बचत बैंकको रकममा अनियमितता गरेको उजुरी परेकाले अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell