PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

दाहाल निवासमा पुगे प्रम देउवा, रणनीतिक भेटमा के भयो कुराकानी?



रासस

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी (राजपा)लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ।
    
प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो। 
    
प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार करिब आधा घन्टा भएको भेटवार्तामा सरकार सञ्चालनका लागि समान नीति बनाउने र शनिबार बिहान ११:३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्न उनीहरु सहमत भएका छन्। 
    
सोही सहमतिअनुसार शनिबार नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपाका नेताबीच बैठक गरी सहमति खोज्ने प्रयास गरिनेछ। सरकारले निरन्तर राजपालाई निर्वाचनमा आउन आग्रह गर्दै आएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell