PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

छिमेकीले किन गरे ९ वर्षीयाको हत्या?



रासस

सुरुङ्गा (झापा) : दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ। 
 
इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। 

दिदीलाई जबर्जस्ती गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरी समक्ष स्वीकारेपछि उनलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए। 

अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटक–पटक बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो प्रहरी नायब उपरीक्षक लिम्बूले भने। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell