PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन गृहमन्त्रीको निर्देशन



रासस

राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन निर्देशन दिएका छन्। 

 विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्प्रेषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए। 

उनले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि गरी कार्यगत विशिष्टीकरण गर्ने र विभागलाई राज्यको आवश्यकताअनुरुप सबल र सुदृढ बनाउन ऐन, नियम समयानुकूल परिवर्तन गर्न आफू र सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell