बेंसीसहरः साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँइला) लाई सम्मान गरिएको छ।
हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषले अधिकारीलाई सम्मान गरेको हो। लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान पुर्याएबापत ८४ वर्षीय अधिकारीलाई सम्मान गरिएको हो।
उनलाई शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले सम्मान गरे।
पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ।
जीवनको तीन दशक गायन क्षेत्रमा बिताएका अधिकारीले बुढेसकालमा आएर भएपनि विभिन्न सामाजिक संस्थाले सम्मान गर्दा भने निकै खुसी लागेको बताए।रासस