PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पोखरा महानगर कार्यपालिकामा एमाले विजयी



रासस

पोखरा महानगर कार्यपालिकामा एमाले विजयी

पोखराः पोखरा–लेखनाथ महानगरपालिकाको कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएका छन्।

त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन्।

३३ वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell