PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डमा दुर्घटना, यात्रु  र चालक सकुसल



रासस

मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डमा दुर्घटना, यात्रु  र चालक सकुसल

रसुवाः रसुवाको गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको छ।

छ जना यात्रु बोकेको हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ। हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन्। 

हेलिकप्टर मर्मत गरी काठमाडौ लैजान र यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको मनाङ एयरले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell