PahiloPost

Jun 16, 2025 | २ असार २०८२

च्याम्पियन्स ट्रफी : बंगलादेशको शानदार जित, न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : बंगलादेशको शानदार जित, न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरियो
फोटो : गेट्टी इमेज

शकिब अल हसन र मोहमुदुल्हाले शतक प्रहार गरेपछि बंगलादेशले च्याम्पियन्स ट्रफीमा न्यूजिल्याण्डमाथि शानदार जित हासिल गरेको छ। २ सय ६६ रनको लक्ष्य बंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

जितपछि बंगलादेशले समूहमा ३ खेलबाट ३ अंक नै जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। इंगल्याण्डसँगको पहिलो खेल हारेको बगलादेशले अष्ट्रेलिया विरुद्धको खेल वर्षाका कारण 'वासआउट' भएपछि १ अंक बाँडेको थियो।

यता दोस्रो हारसँगै न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा न्यूजिल्याण्ड इंगल्याण्डसँग हारेको थियो भने अष्ट्रेलिया विरुद्धको खेल वर्षाका कारण 'वासआउट' भएको थियो।

समूह ए बाट आयोजक इंगल्याण्ड एक खेल अघि नै सेमिफाइनल पुगिसकेको छ। अब इग्लयाण्ड र अष्ट्रेलियाबीच समूह चरणको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस खेलमा अष्ट्रेलिया विजयी भए बंगलादेश र अष्६रेलियाको समान घ अक हुनेछ। यस्तोमा रनरेट निर्णायक हुनेछ। इंगल्याण्ड विजयी भएको खण्डमा वा वर्वाले खेल वासआउट भएमा बंगलादेशले अन्तिमा चारमा स्थान बनाउनेछ।

सुरुवाती ४ विकेट गुमाउँदा ३३ रन मात्र बनाएको बंगलादेशका लागि शकिब र मोहमुलुल्लाहले पाँचो विकेटका लागि २२४ रनको साझेदारी गरे।

शकिबले ११५ बल खेल्दै १५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ११४ रन बनाए। यता १०७ बल खेलेका मोहमुदुल्हाले ८ चौका र २ छक्का प्रहार गर्दै १०२ रनमा नटआउट रहे।

न्यूजिल्याण्डका टिम साउदीले ओपनर तमिम इकवाल (०) सौम्य सरकार (३) र सबिर रहेमान (८) लाई आउट गर्दै न्यूजिल्याण्डलाई शानदार सुरुवात दिलाएका थिए। त्यसपछि एडम मिल्नेले  कप्तान मुसफिकर रहिमलाज्ई १४ रनमा आउट गरेपछि बंगलादेशको इनिङ्स धर्मराएको थियो। तर शकिब र मोहमुदुदल्हाले दोहोरो शतकिय साझेदारी गर्दै जित दिलाएका हुन्।

त्यसअघि कार्डिफमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले कप्तान केन विलियमसन  र रोस टेलरको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो। न्यूजिल्याण्डको लागि टेलरले सर्वाधिक ६३ तथा विलियमसनले ५७ रन बनाए। यस्तै नाइल बुर्मले ३६ तथा ओपनर मार्टिन गुप्टिलले ३३ रन जोडे।

बलिङमा बंगलादेशका मोसादेक होसेनले ३ तथा तस्किन अहेमदले २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell