PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बैद्य र चन्दलाई  प्रचण्डको आग्रहः अब भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन



रासस

बैद्य र चन्दलाई  प्रचण्डको आग्रहः अब भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन्।

निजी निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोहन बैद्य र नेत्रविक्रम चन्दलाई पुरानै पार्टीमा फर्कन आग्रह गरे।

प्रचण्डले भने, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु।” 

उनले आफ्नो पार्टी मुलुकको एउटा केन्द्र बन्दैछ भन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार भइरहेकोसमेत बताए।

प्रचण्डले नेकपा एमालेलाई अवसरवादीको पर्याय भएको अरोप लगाउँदै सो पार्टीभित्र रहेका इमान्दार नेता तथा कार्यकर्तालाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गरे।

कार्यक्रममा प्रचण्डले विभिन्न दलबाट माओवादीमा प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गरेका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell