PahiloPost

Jun 16, 2025 | २ असार २०८२

विश्वकप छनोट : फ्रान्स स्वीडेनसँग पराजित, नेदरल्याण्ड्सलाई राहत



पहिलोपोस्ट

विश्वकप छनोट : फ्रान्स स्वीडेनसँग पराजित, नेदरल्याण्ड्सलाई राहत

सन् २०१८ मा रसिया हुने विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह ए को खेलमा स्वीडेनले फ्रान्सलाई पराजित गरेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै स्वीडेनले फ्रान्सलाई २-१ ले हराएको हो।

ओला तोइभेनले इन्जुरी टाइमम गोल गरेपछि स्वीडेन ३ अंक जोड्न सफल भएको हो।  

ओलिभर जिरुडले गोल ३७ गर्दै फ्रान्सलाई पहिले अग्रता दिलाएका थिए। तर ४३औं मिनेटमा जिम्मी डुमाजले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरेका थिए।

जितपछि ६ खेलबाट १३ अंक झोडेको स्वीडेन गोल अन्तरमा फ्रान्सलाई पछि पार्दै समूहको शीर्ष स्थानमा उक्लकेको छ। समान अंक रहेको फ्रान्स दोस्रोमा झरेको छ।

यता लक्जेमवर्गलाई ५-० हराएपछि समूह ए मै रहेको नेदरल्याण्ड्सलाई राहत मिलेको छ। जितपछि ६ खेलबाट १० अंक जोडेको डच टोली अंक तालिकामा तेस्रो स्थानमा उक्लन सफल भएको छ। नेदरल्याण्ड्सको जितमा आर्येन रोवेन, वेस्ले स्नाइडर, जर्जिनिओ विजनालडम, क्विन्सी प्रोमेस र भिनसेट जानसेनले गोल गरे।  समूह ए कै अन्य खेलमा बेलारुसले बुल्गेरियालाई २-१ ले हरायो।

यता क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि समूह बी मा पोर्चुगलले लात्भियालाई ३-० ले पराजित गर्‍यो। पोर्चुगलका लागि अर्को गोल आन्द्रे शिल्भाले गरे।

फारोइ आइसल्याण्डलाई २-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको स्वीट्जरल्याण्ड ६ खेलबाट १८ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ। स्वीस टोलीको जितमा ग्राइन्ट जाका र जेर्दान शाकिरीले गोल गरे। समान खेलबाट १५ अंक रहेको पोर्चुगल दोस्रोमा छ। समूह बी को अर्को खेलमा एन्डोराले हंगेरीलाई १-० ले हरायो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell