PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

गाउँपालिका अध्यक्षमा दाजुभाइको उम्मेदवारी



रासस

गाउँपालिका अध्यक्षमा दाजुभाइको उम्मेदवारी

बैतडीः बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा दाजुभाइ उम्मेदवार बनेपछि परिवारलाई भोट हाल्न समस्या परेको छ।

जञ्जाली रानाका जेठा छोरा कर्णबहादुर राना नेपाली कांग्रेसबाट र कान्छा छोरा लोकेन्द्र राना नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्।

आफ्नै छोरा अलग–अलग पार्टीबाट उम्मेदवार बनेपछि बाबु जञ्जालाई भने कसलाई भोट दिने भन्ने समस्या परेको छ।

उनी भन्छन्,“दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नरमाइलो लाग्छ।”रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell