PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

संसदमा प्रतिपक्ष भएपनि निर्वाचन परिणामले एमाले सत्तापक्षः ओली



रासस

संसदमा प्रतिपक्ष भएपनि निर्वाचन परिणामले एमाले सत्तापक्षः ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका– संसद्मा एमाले प्रतिपक्षमा भएपनि निर्वाचन परिणामले  सत्ता पक्ष बनेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामले एमाले प्रमुख सत्तापक्ष बनेको बताए।

उनले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार एमाले पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताए। 

जनताका समस्या समाधानमा एमाले लागिपरेको बताउँदै अध्यक्ष ओलीले प्रदेश नं–२ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको दाबी गरे।

उनले कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई मान्यता दिन नसकिने बताए। ओलीले भने, “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई÷मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिको भविष्य समाप्त हुन सक्छ।” रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell