PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सरकारी सुरक्षाफौजको कार्वाहीमा अफगानिस्तानमा २३ तालिवान लडाकुको मृत्यु



रासस

सरकारी सुरक्षाफौजको कार्वाहीमा अफगानिस्तानमा २३ तालिवान लडाकुको मृत्यु

काबुलः अफगानिस्तानमा सरकारी सुरक्षाफौजको कार्वाहीमा २३ तालिवान लडाकुको मृत्यु भएको छ। 

फर्याब, बाडाख्सान, कुन्दुज र हेल्मण्डलगायतका प्रदेशमा गरिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयले जनाएको छ । 

सुरक्षा कारबाहीका क्रममा अरु नौ जना घाइते भएका छन् भने दुई जनालाई अफगान राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा फौजले पक्राउ गरेको छ । 

सुरक्षाकर्मीले घटनास्थलबाट ठुलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ बरामद गरेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell