धनुषाः नेपाल–भारत सीमास्थित धनुषाको जनकनन्दिनीमा घाँटी रेटिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति शव फेला परेको हो।
राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडि घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिए।
शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनास्थलबाट दुईवटा घडी बरामद भएको र उक्त स्थानमा लछारपछार भएको जस्तो देखिएकाले कुनै विवादका कारण घटना भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ।
सीमावर्ती क्षेत्रमा घटना भएकाले नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा अनुसन्धान सुरु गरेको छ । रासस