PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

खाडो खोलामा आएको बाढीले सप्तरीका एक दर्जन गाउँ डुबानको खतरामा



रासस

खाडो खोलामा आएको बाढीले सप्तरीका एक दर्जन गाउँ डुबानको खतरामा

राजविराजः लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा बढेको छ। 

पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका जिल्लामा लगातारको वर्षापछि खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन्। 

अहिले खाडो खोलामा आएको बाढीले दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ। 

जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेको स्थानीयवासीले बताएका छन्।

यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell