PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

खोटाङमा कांग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते



रासस

खोटाङमा कांग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

खोटाङः नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडा अध्यक्षका उम्मेदवार इन्द्र तामाङ घाइते भएका छन्। 

कांग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडप हुँदा तामाङ घाइते भएका हुन्। 

चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ।

घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै विराटनगर पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताए। तामाङको टाउकोमा गहिरो चोट लागेको छ।

कांग्रेसले भने एमालेका कार्यकर्ताले बिहीबार कांग्रेसको झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको तर आफूहरुले कुटपिट नगरेको बताएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell