काठमाडौँः नेकपा एमालेले विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा उम्मेदवार तय गरेको छ ।
शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपमेयरमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ।
यस्तै, बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी तथा इटहरी उपमहानगरपालिका मेयरमा द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।रासस