PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

इजिप्टका आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय



पहिलोपोस्ट

इजिप्टका आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय

काएरो: इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ।

सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजले जनाएको छ।

उनीहरुलाई यही वर्षको फेब्रुअरीमा पक्राउ गरिएको थियो । सोही दङ्गासँग जोडिएको मुद्दामा यस पहिले १० जनालाई मृत्युदण्ड दिइएको थियो भने दर्जनौँ फुटबल प्रशंसकलाई १० देखि १५ वर्षको जेल सजाय तोकिएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell