PahiloPost

Jun 16, 2025 | २ असार २०८२

भरतपुरमा पुनः मतदान  वा मतगणना? सर्वोच्चमा आजदेखि हुँदैछ बहस



पहिलोपोस्ट

भरतपुरमा पुनः मतदान  वा मतगणना? सर्वोच्चमा आजदेखि हुँदैछ बहस

काठमाडौँ: मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर आजदेखि सर्वोच्चमा बहस हुँदैछ। जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो। न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकल इजलासले आज दुबै पक्षलाई छलफलमा बोलाएको थियो।   

जवराको इजलासले जारी गरेको अन्तरकालीन आदेश निरन्तर भएमा भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। एकल इजलासको आदेश खारेज भएमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयनमा जानेछ।

अन्तरकालीन आदेश निरन्तर हुने/नहुने विषय दुई वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा पेस हुनेछ।

आइतबार निवेदकका तर्फबाट बहस सुरु हुनेछ। निवेदकको बहस आइतबार नै सकिएमा सरकारी निर्णयको प्रतिरक्षामा सरकारी वकिलले बहस सुरु गर्नेछन्। त्यसपछि निवेदकले संक्षिप्त जवाफको समय पाउँनेछन्।

जेठ १४ गते मध्यरातमा दुई वडाको मतगणना बाँकी रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए। निर्वाचन आयोगले स्थलगत छानविन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्रतिवेदन अनुसार ९० मतपत्र च्यातिएको निश्कर्ष निकालेको थियो।

जेठ २० गते आयोगले भरतपुरको वडा नम्वर १९ पुनः मतदानको निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध एमालेका उम्मेदवार समेत रहेका गुन्जमान विकले सर्वोच्चमा जेठ २१ गते रिट दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell