PahiloPost

Jun 16, 2025 | २ असार २०८२

'जहाँ पुरुषलाई खुट्टा फैलाएर बस्न मनाही छ'



पहिलोपोस्ट

'जहाँ पुरुषलाई खुट्टा फैलाएर बस्न मनाही छ'

म्याड्रिड:  स्पेनको राजधानी म्याड्रिडको यातायात विभागले यात्राको बेला खुट्टा फैलाएर बस्ने पुरुषबिरुद्ध विशेष अभियान चलाएको छ।

महिला हितका लागि संचालित एक संगठनले दिएको अनलाइन आवेदनपछि विशेष अभियान सुरु भएको थियो।  जसमा पुरुषहरुलार्इ यात्राका बेला सिटमा खुट्टा फैलाएर नबस्न माग गरिएको थियो।

म्याड्रिडको बस संचालक संस्थामध्ये एक इएमटीले बिबिसीलार्इ दिएको जानकारी अनुसार अभियानको उद्देश्य पुरुष यात्रीले यात्रा गर्दा सबै यात्रीलार्इ ध्यान दिउन र खुट्टा फैलाएर बसेर धेरै ठाउँ कव्जा नगरुन भन्ने हो।

अनलाइन आवेदन गर्ने महिला संगठनले यात्रामा महिलाहरु खुट्टा खुम्च्याएर बस्ने तर छेउमा बसेको पुरुषले खुट्टा फैलाएर बस्दा महिलालार्इ असहज हुने पनि बताएको छ।  

सन् २०१४ मा  न्यूयोर्कको मेट्रोपोलिटन ट्रान्सपोर्ट अथरिटीले  यात्रामा खुट्टा फैलाएर बस्ने पुरुष यात्रीविरुद्ध अभियान चलाएको थियो। शहरका ठाउँ-ठाउँमा साइनबोर्ड लगाइएको थियो "कृपया खुट्टा फैलाएर नवसिदिनुहोला"।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell