PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बाजुराको गुम्बा गाउँमा मतदान केन्द्र थप



रासस

बाजुराको गुम्बा गाउँमा मतदान केन्द्र थप

बाजुराः बाजुराको विकट बिच्छँया गुम्बा गाउँमा मतदान केन्द्र थपिने भएको छ।

गाउँमा मतदान केन्द्र नहुँदा एक दिन हिंडेर मतदाता अर्को गाउँमा जानुपर्ने बाध्यता भएको भन्दै विभिन्न संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि जिल्ला निर्वाचन कार्यालयले गाउँमा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो। 

गाउँमा मतदान केन्द्र राख्ने निर्वाचन कार्यालयले निर्णय गरेपछि मतदाता खुसी भएका छन्। गुम्बा गाउँमा तीस जना मतदाता छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell