चितवनः पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सीमा क्षेत्रमा आज बिहान गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैंडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएका हुन्।
गैंडाको आक्रमणबाट भण्डारीको छाती र हातखुट्टामा गम्भीर चोट लागेको छ।
उनको कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडाको आक्रमणबाट बर्सेनी मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ। रासस