
काठमाडौं : जेनेभामा हुन लागेको विश्व श्रम संगठन (आइएलओ)को महासभामा सहभागी हुन लागेका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई सरकारले औपचारिक भ्रमण बनाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले तीनवटा निर्णय गरेको छ जसमा राष्ट्रपतिको भ्रमणलाई औपचारिक भ्रमण बनाउने, राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक दर्ता र पारित गर्ने तथा २० जना सरकारी कर्मचारीलाई जापानमा विकास अध्ययनका लागि पठाउने रहेका छन्।
राष्ट्रपति भण्डारी जेठ ३० मा जेनेभा जाने कार्यक्रम रहेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। भण्डारी कि नोट स्पिकरका रुपमा सहभागी हुनेछिन्।
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विना निर्वाचनमा सहभागिता नजनाउने विषयमा कार्कीलाई प्रश्न गर्दा उनले भने, 'राजनितिक दलसम्बन्धि ऐन संशोधन गर्न दर्ता हुन लागेको विधेयक पारित हुँदासम्म उहाँहरु चुनावमा आउनुहुन्छ।'