PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नेपाली कांग्रेसद्वारा बाँकेका सवै स्थानीय तहमा उम्मेदवार चयन



रासस

नेपाली कांग्रेसद्वारा बाँकेका सवै स्थानीय तहमा उम्मेदवार चयन

बाँकेः नेपाली कांग्रेसले बाँकेका  सवै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। 

कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाएको छ।
कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार बनाइएको छ।
 
यसैगरी, पाँचवटै गाउँपालिकाको उम्मेदवार पनि कांग्रेसले टुङ्गो लाएको छ ।

खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खाँ र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री उम्मेदवारलाई उम्मेदवार बनाइएको छ। 

यसैगरी, जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवार बनेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell