PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

युट्युब जुकबक्समा फिल्म 'ए मेरो हजुर २'को तीन गीत



पहिलोपोस्ट

युट्युब जुकबक्समा फिल्म 'ए मेरो हजुर २'को तीन गीत

काठमाडौं: फिल्म 'ए मेरो हजुर २'को अडियो जुकबक्स सार्वजनिक भएको छ। युट्युबमा मार्फत फिल्मका तीन गीत समावेश जुकबक्स सार्वजनिक गरिएको हो।

कल्याण सिंहको संगीतमा कृष्णहरि बरालको शब्द रहेको ‘कसम हो कसम’ बोलको गीत केहि समय अघि भिडियो सहित सार्वजनिक भएको थियो। गीतमा सुगम पोखरेलको स्वर रहेको छ। त्यस्तै दोस्रो गीत ‘किनीदेउन साइला दाई’ पनि जुकबक्समा रहेको छ। लोक भाकामा रहेको यो गीतमा फिल्मेकी अभिनेत्री साम्राज्ञीले नृत्य प्रस्तुत गरेकी छिन्। गीतमा बसन्त सापकोटाको शब्द साथै संगीत र साधना सरगमको स्वर रहेको छ।

अडियोमा मात्र रिलिज भएको गीत ‘उकालीमा जाँदा’ भने जुकबक्स मार्फत पहिलोपटक सार्वजनिक गरिएको हो। गीतमा राजेशपायल राई र इन्दिरा जोशीले स्वर दिएका छन्।

भदौ १६ बाट सार्वजनिक हुने फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। फिल्ममा सम्राज्ञीलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतको मुख्य अभी नयाँ रहेको छ।

सुन्नुस् गीतहरु:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell