इटहरीः नेपाली कांग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवार तय गरेको छ।
नेपाली कांग्रेस– ३ नम्बर क्षेत्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षका उम्मेदवार घोषणा गरेको हो।
दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई पार्टीले उम्मेदवार बनाएको क्षेत्रीय समितिका सचिव ओम थापाले जानकारी दिए।
यसैगरी दुहवी नगरपालिकाका वडा नं। १ देखि १२ सम्मका वडा अध्यक्षका उम्मेदवारमा क्रमशः मोहम्मद जलिल रैन, अरविन्दकुमार विश्वास, माधव चौधरी, मोहम्मद मुस्तकिम मियाँ, श्याम दाहाल, अभिराम मण्डल, श्रीप्रसाद चौधरी, तारिकचन्द सरदार, मेहदी हुसैन, तुलाराम माझी, अशोककुमार माझी र भुनेश्वरप्रसाद मण्डल छन्।
साविक दुहवी, सोनापुर, भलुवा, पूर्वकुशाह र सिमरियालगायतका गाविस समावेश भई बनेको दुहवी नगरपालिकाको १२ वटा वडामा ३० हजार ३५६ जना मतदाता छन्।
त्यसैगरी, नेकपा माआवादी केन्द्रले पनि दुहवी नगरपालिकाको प्रमुखमा अर्थलाल चौधरी र उपप्रमुखमा रोजिना विक खातुनको नाम घोषणा गरेको छ।रासस