PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

मैथली 'जनाना' शब्द परेकोमा निर्वाचन आयोगको सच्याउने प्रतिवद्धता



पहिलोपोस्ट

मैथली 'जनाना' शब्द परेकोमा निर्वाचन आयोगको सच्याउने प्रतिवद्धता

काठमाडौं : निर्वाचन आयोगले मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन/प्रसारणलाई सकारात्मक रूपमा लिन आग्रह गरेको छ।

आयोगले विज्ञप्ति जारी गरी मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनाना’ शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भनी केही सञ्चार माध्यमबाट समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

उसले सबै भाषिक समुदायप्रति र सबै भाषाप्रति संवेदनशीलसमेत रहेको जनाएको छ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीलाई आ–आफ्नो मातृ भाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहुँच बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद गराई प्रकाशन, प्रसारण र वितरण गर्ने गरिएकाले भाषानुवाद गर्दा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल  गराउन आयोग सदैव प्रतिबद्ध रहेको व्यहोरासमेत आममतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell