PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पहिलो 'ब्याटम्यान' एडम वेस्टको निधन



पहिलोपोस्ट

पहिलो 'ब्याटम्यान' एडम वेस्टको निधन

अमेरिकी अभिनेता एडम वेस्टको निधन भएको छ। सन् १९६० मा पहिलोपटक सार्वजनिक टिभी सिरिज ‘ब्याटम्यान’को मुख्य कलाकार एडमको ८८ वर्षको उमेरमा निधन भएको हो।

ल्युकेमियासँग लडिरहेका उनको शुक्रबार राती निधन भएको सिएनएनले उल्लेख गरेको छ। ब्याटम्यान साथै ब्रुस वायन, हिजा अल्टर इगो, द क्राइमा फाइटिङ, लगायत चर्चित सिरिजमा उनको अभिनय रहेको छ।

उनको निधनको खबर भने शनिबार मात्र सार्वजनिक भयो। ट्विटरमा उनकै अफिसियल ह्याण्डलबाट समेत निधनको खबर पोस्ट भएको छ। उनको परिवारको तर्फबाट ट्विटा भएको जनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell