PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

हारजित निर्वाचनको सामान्य प्रक्रियाः ओली 



रासस

हारजित निर्वाचनको सामान्य प्रक्रियाः ओली 

नेपालगञ्जः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन्।

बाँकेमा पार्टीका उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने बताए।

हारजित निर्वाचनको सामान्य प्रक्रिया भएको भन्दै अध्यक्ष ओलीले हारजितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेर्नुपर्ने बताए।
उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गरे। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell