PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमण



रासस

दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमण
फोटो फेसबुकबाट

काठमाडौंः नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ। 

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले झा चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए। 

अध्यक्ष झाले आफ्नो गाडीमा एकाएक रडले प्रहार गरेका र गाडीको पछाडिको भाग र सिसाहरू फुटेको छ बताए। उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell