PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैदको फैसला



रासस

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैदको फैसला

भक्तपुरः छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले २३ वर्ष जेल र तीन लाख रुपैयाा क्षतिपूर्ति भराउने फैसला गरेको छ । 

भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय (२) बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं (क) बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए। 

पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम तीन लाख प्रदान गर्न फैसला सुनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell