PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

सवै एकजुट भएमात्र महिला हिंसा अन्त्यः राष्ट्रपति



रासस

सवै एकजुट भएमात्र महिला हिंसा अन्त्यः  राष्ट्रपति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएकी छन्। 

महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न ठाउँमा अझैपनि छाउपडी दाइजोलगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको आवश्यकता रहेको बताइन्। 

राष्ट्रपति भण्डारीले राज्यको सबै अङ्ग परिचालित हुँदै गएमा देशमा शान्ति, न्यायपूर्ण र आर्थिक रुपमा समुन्त हुनु टाढाको विषय नरहेको उल्लेख गरिन्। 

स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचनपछि स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत पुग्ने उनले विश्वास व्यक्त गरिन्। 

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने १० महिलालाई राष्ट्रपति भण्डारीले सम्मान गरिन्। सम्मानित हुनेमा समाजसेवी मिठाइदेवी विश्वकर्मा, विजया शर्मा, साबित्री अर्याल सिलवाल, उमादेवी दास, चन्द्रकला किरण तथा बमकुमारी बुढा छन्। 

त्यसैगरी, राजनीतिकर्मी नानीमैया नकर्मी, कलाकार भुवन चन्द, कानुनविद् शीलु सिंह तथा साहित्यकार तोया गुरुङ पनि सम्मानित भए। कार्यक्रममा सहाना प्रधानको जीवनीकाबारेमा उल्लेख गरिएको सामूहिक आवाज विशेषाङ्क लोकार्पण गरिएको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell