PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

नाडल कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपन च्याम्पियन



पहिलोपोस्ट

नाडल कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपन च्याम्पियन

क्ले कोर्टका बादशाह स्पानिस राफेल नाडलले कीर्तिमानी दशौँ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्।

माटोको कोर्टमा खेलिने एक मात्र ग्राण्ड्सलाम फ्रेन्च ओपनको फाइनलमा नाडलले स्वीस खेलाडी स्टान वावरिन्कालाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

फ्रान्सको पेरिसमा भएको फाइनलमा नाडलले वावरिन्कालाई ६-२, ६-३, ६-१ को सेटमा हराए।

च्याम्पियन बनेपछि नाडल टेनिस इतिहासको ओपन एरामा एकै ग्राण्ड्सलाम १० पटक जित्ने पहिलो खेलाडी समेत बनेका छन्।
 

फ्रेन्च ओपन च्याम्पियन बनेसँगै नाडलको उपाधि सख्या १५ पुगेको छ र सर्वाधिक उपाधि जित्नेमा पिट साम्प्रासलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेका छन्। स्वीट्जरल्याण्डका रोजर फेडेररले सर्वाधिक १८ पटक ग्राण्ड्सलामको उपाधि जितिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell