PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

दोस्रो चरणको निर्वाचन: गृहले परिमार्जन गर्‍यो सुरक्षा रणनीति



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचन: गृहले परिमार्जन गर्‍यो सुरक्षा रणनीति

काठमाडौँ: गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ।

पहिलोभन्दा दोस्रो चरणमा सुरक्षा चुनौती बढी भए पनि आवश्यकता अनुसार सुरक्षा रणनीति परिमार्जन गरि सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका सह-सचिव एवं प्रवक्ता दिपक काफ्लेले बताए।

पहिलोपोष्टसँगको कुराकानीमा उनले भने 'परिस्थितिलाई मध्यनगर गर्दै सुरक्षा प्रवन्ध मिलाएका छौं।'

राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचमा भाग नलिने र निर्वाचन विथोल्ने भन्दै आइतबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। राजपाको आन्दोलनले निर्वाचन सुरक्षामा चुनौती थपेको छ।

निर्वाचन आयोगले गृह मन्त्रालयलाई राजपा निर्वाचनमा नगए छुटै किसिमको सुरक्षा रणनीति तयार पार्न निर्देशन दिएको थियो।

आयोगको निर्देशन अनुसार गृहले थप सुरक्षा रणनीति तयार पारेको गृह स्रोतले जनाएको छ। दोस्रो चरणको निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरी र ४५ हजार सेना तथा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने गृह मन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell