PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

चन्द नेतृत्वको पार्टीका कार्यकर्ताले झामाथि आक्रमण गरेको प्रहरीको आशंका



पहिलोपोस्ट

चन्द नेतृत्वको पार्टीका कार्यकर्ताले झामाथि आक्रमण गरेको प्रहरीको आशंका

काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतवार साँझ अनामनगरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमणको प्रयास गरेको प्रहरीले आशंका गरेको छ।

कार्यालयबाट घर फर्कने क्रममा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले झा चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए।

आक्रमणपछि मोटरसाइकलमा आएका युवाले भ्रष्टाचारी मुर्दावाद भन्दै नारा लगाएर भागेको प्रहरी स्रोतले बताएको छ । रड प्रहारपछि झाको गाडीमा आंशिक क्षति पुगेको छ।

गत माघ ६ मा नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीमाथि पनि यस्तै प्रकृतिबाट आक्रमणको प्रयास भएको थियो।  आक्रमणको नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी लिएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell