PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

रामपुरमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल



रासस

रामपुरमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

पाल्पाः पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। 

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ । 

रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell