PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चट्याङ लागेर झापामा दुई विद्यार्थी घाइते



रासस

चट्याङ लागेर झापामा दुई विद्यार्थी घाइते

झापाः हावाहुरीसँगै परेको चट्याङ लागेर झापाको दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । 

चट्याङ लागेर दमक नगरपालिका–१ का १४ वर्षीय सुजन राई र १२ वर्षीय छोरा विशाल राई घाइते भएका हुन्। उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। 

स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु आइतबार बेलुका घर फर्किँदै गर्दा चट्याङ लागेर घाइते भएका हुन्। पानी परेपछि रुखमा ओत लागेर बसेको बेला उनीहरुलाई चट्याङ लागेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell