PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

नगरपालिका प्रमुखका लागि एउटै वडाबाट तीनजना उम्मेदवार



रासस

नगरपालिका प्रमुखका लागि एउटै वडाबाट तीनजना उम्मेदवार

खोटाङः खोटाङमा नगरपालिका प्रमुखमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन्। 

रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन्। 

नेकपा एमालेबाट दीपनारायण रिजाल, नेकपा माओवादी केन्द्रबाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुखका लागि उम्मेदवार बनेका छन्। एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ। 

यद्यपि, एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

एमालेका उम्मेदवार रिजाल विद्यार्थीबाट राजनीति सुरु गरी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बसेका थिए।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् बनिसकेकी छन् भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन् । 

राप्रपाबाट उम्मेदवार बनेका राई राप्रपाका सक्रिय सदस्य तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष पर्शुराम राईका छोरा हुन्। आ–आफ्नो पार्टीले टिकट दिएपछि तीनैजना उम्मेदवार आफ्नो पक्षमा बहुमत जुटाउन जनताको घरदैलोमा पुगिरहेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell